Advertisement Banner
Advertisement Banner

११ बुधबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

बैंकहरुको ब्याजदर घट्यो

३० बुधबार , आश्विन २०८११० महिना अगाडि

बैंकहरुको ब्याजदर घट्यो

कात्तिक महिनाको लागि बैंकहरूले मुद्धती निक्षेप ब्याजदर घटाएको छ । कात्तिक महिनाको लागि वाणिज्य बैंकहरूले निक्षेपमा दिने ब्याजदर घटाएको हो ।

असोजको लागि वाणिज्य बैंकहरूले मुद्धती निक्षेपमा औसत ६.४ प्रतिशत ब्याजदर दिइरहेकामा उक्त ब्याजदर घटेको हो । बैंकहरूले कात्तिकका लागि प्रस्ताव गरेको औसत ब्याजदर ६.१४ प्रतिशत छ ।

त्यसैगरी सानिमा बैंकले भने सामान्य ब्याजदर बढाएको छ ।अन्य नौं वटा बैंकको ब्याजदर सामान्य घटेको छ भने बाँकीको स्थिर छ । अहिले सबैभन्दा धेरै ब्याजदर एनआइसी एशिया बैंकले दिने भएको छ । बैंकले ६.९९ प्रतिशतसम्म ब्याज दिने भएको हो । कर्जाको वृद्धिदर समान्य रहेपछि धेरै बैंकहरूले लागत घटाउन निक्षेपको ब्याजदर केही भएपनि घटाएका हुन् ।

त्यस्तै चाडपर्वको कारण कर्जा माग बढ्न सकेको छैन भने बैंकहरूले साधारण बचतको ब्याजदर न्यूनतम ३ प्रतिशतसम्म पनि दिइरहेका छन् ।