Advertisement Banner
Advertisement Banner

२० शनिबार, असार २०८३20th June 2026, 4:50:23 am

डडेल्धुरामा बस दुर्घटना ४ जनाको मृत्यु

३० बुधबार , आश्विन २०८१२ बर्ष अगाडि

डडेल्धुरामा बस दुर्घटना ४ जनाको मृत्यु

कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौडी जाँदै गरेको ना ८ ख १०७८ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु छ । मंगलबार राति बस अमरगढी-७ खस्रेखान भन्ने ठाउँमा दुर्घटना हुँदा सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता एवं प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमकाअनुसार मृत्यु हुनेमा पुर्चौडी नगरपालिका–३ का २२ वर्षीय सहदेब बोहरा, २० वर्षीय कमला बोहरा, उनका नाबालक छोरा र पुर्चौडी नगरपालिका–३ का ४५ वर्षीय जयमती बोहराको मृत्यु भएको बताईएको छ ।

उक्त दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइते हुनेमा पुचौर्डी नगरपालिका–७ का २४ वर्षीय नवराज साउँद, वडा नम्बर६ का २४ वर्षीय राजेन्द्र साउँद, वडा नम्बर ८ का ४२ वर्षीय पदम बोहरा, २४ वर्षीय बस चालक बिरेन्द्र बोहरा, वडा नम्बर ७ का २८ वर्षीय नवराज रतौकी, २० वर्षीय सुरेन्द्र रतौकी रहेका छन् ।

त्यसैगरी पुर्चौडी नगरपालिकाकै वडा नम्बर १० का दामोदर महरा, धनबहादुर महरा, कृष्णपुर नगरपालिका–४ का २५ वर्षीय दिनेश साउँद, वडा नम्बर५ की ६५ वर्षीय धनमती साउँद, डडेल्धुरा आलिताल गाउँपालिका–१ का २१ वर्षीय मुकुन्द बोहरा घाइते रहेका छन् ।

घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ भने दुर्घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।