
बागलुङमा आफ्नो छोरालाई बाबुले भीरबाट फालेर हत्या गरेका छन् । बागलुङको ताराखोला गाउँपालिकाका स्थायी बासिन्दा केशव पुनले आफ्नो छोरालाई भीरमा फालेर हत्या गरेका हुन् ।
अभियुक्तले गएराति ६ वर्षीय छोरा किस्मतलाई भीरमा फालेर हत्या गरेको प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेपछि उनी पक्राउ परेका थिए । बजार क्षेत्र नजिकको भीरबाट उनले छोरालाई फालेका प्रहरीले जनाएको छ ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ परिचालन भएको पहरीले खोलाबाट बालकको शव फेला पारेको बताईएको छ ।