Advertisement Banner
Advertisement Banner

२५ बुधबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

भीरबाट फालेर छोराको हत्या

३० बुधबार , आश्विन २०८१एक बर्ष अगाडि

भीरबाट फालेर छोराको हत्या

बागलुङमा आफ्नो छोरालाई बाबुले भीरबाट फालेर हत्या गरेका छन् । बागलुङको ताराखोला गाउँपालिकाका स्थायी बासिन्दा केशव पुनले आफ्नो छोरालाई भीरमा फालेर हत्या गरेका हुन् ।

अभियुक्तले गएराति ६ वर्षीय छोरा किस्मतलाई भीरमा फालेर हत्या गरेको प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेपछि उनी पक्राउ परेका थिए । बजार क्षेत्र नजिकको भीरबाट उनले छोरालाई फालेका प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ परिचालन भएको पहरीले खोलाबाट बालकको शव फेला पारेको बताईएको छ ।