Advertisement Banner
Advertisement Banner

११ बुधबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

टी-२०आई खेलमा नेपालसँग अमेरिका पराजित

०२ शुक्रबार , कार्तिक २०८११० महिना अगाडि

टी-२०आई खेलमा नेपालसँग अमेरिका पराजित

नेपालले टी–२० आई सिरिजमा आयोजक राष्ट्र अमेरिकालाई पराजित गरेको छ । नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रन मात्र बनाउँदा नेपालसँग पराजित भएकाे हाे ।

अमेरिकाको टेक्सासको डलासस्थित ग्रान्ड प्रिएरी रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६४ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन बनाएका थिए ।

त्यसैगरि पौडेलले दीपेन्द्रसिंह ऐरीसँग पाँचौं विकेटका लागि ६६ रनको साझेदारी गरेका थिए भने दीपेन्द्र २८ रनमा आउट भएका थिए । आसिफ शेख र अनिलकुमार शाहले ४८ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाउँदा अनिल र आसिफ २७/२७ रन जोडेर आउट भएका थिए ।

त्यस्तै अमेरिकाका लागि शायन जहाँगीर ६० रनको अर्धशतकीय इनिङ खेले पनि जितका लागि पर्याप्त हुन सकेन । आन्द्रेस गौसले ३० र मिलिन्द कुमारले २२ रन जोडेर आउट भएका थिए । बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरीले ३, रिजन ढकाल, करण केसी र गुल्सन झाले एक/एक विकेट लिएका थिए ।

दोस्रो खेल पर्सि बिहान र तेस्रो तथा अन्तिम खेल सोमबार बिहान हुने बताइएकाे छ ।