Advertisement Banner
Advertisement Banner

११ बुधबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

प्रहरी कोषको २१ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गरिने, प्रस्ताव पेश गर्न आह्वान

०२ शुक्रबार , कार्तिक २०८११० महिना अगाडि

प्रहरी कोषको २१ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गरिने, प्रस्ताव पेश गर्न आह्वान

नेपाल प्रहरी कल्याण कोषको रकम मुद्दती निक्षेपमा लगानी गरिने भएको छ । कोषको (साधारण र अक्षयकोष) तर्फ २१ करोड रुपैयाँ एक वर्षे मुद्दती निक्षेपमा लगानी गर्न लागिएको प्रहरीको कल्याण महाशाखाले जनाएको छ ।

महाशाखाले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’ वर्गका बैंक तथा वित्तिय संस्थालाई उक्त रकम एक वर्षे मुद्दती निक्षेपमा लगानी गर्न इच्छुक भएमा प्रस्ताव पेश गर्न समेत आह्वान गरेको छ ।

आफुले लिन चाहेको रकम, ब्याजदर र ब्याजदर भुक्तानी गर्ने समयावधि उल्लेख गरी यही कात्तिक ७ गते कार्यालय समयभित्र सिलबन्दी प्रस्ताव पेश गर्न भनिएको छ । यससम्बन्धी विस्तृत जानकारी नेपाल प्रहरीको वेबसाइटबाट प्राप्त गर्न सकिने छ ।