Advertisement Banner
Advertisement Banner

११ बुधबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

दाङमा तीन दिने सर्प महोत्सव हुने

०२ शुक्रबार , कार्तिक २०८११० महिना अगाडि

दाङमा तीन दिने सर्प महोत्सव हुने

दाङमा सर्प महोत्सव हुने भएको छ । मानव र सर्पबीचको द्धन्द्ध न्यूनीकरण तथा सर्प संरक्षण गर्ने उद्देश्यले हामी संरक्षणका लागि काम गछौं नामक संस्थाले तीन दिने महोत्सव आयोजना गर्न लागिएको हो ।

संस्थाले आज पत्रकार सम्मेलन गर्दै तुलसीपुरको पर्यटकीयस्थल राप्ती शान्ति उद्यान (गणेशपुर पार्क) मा कात्तिक ८ गतेदेखि १० गतेसम्म महोसत्व सञ्चालन गर्ने जानकारी गराएको छ ।

महोत्सवमा दाङमा पाइने विभिन्न प्रकारका सर्प प्रदर्शनी र तीबारे जानकारी दिइने संस्थाले जनाएको छ । साथै, सर्पले टोक्दा के गर्ने ? के नगर्ने ? तथा सर्पको टोकाइको उपचारको अवस्था, प्राथमिक उपचारलगायत विषयमा पनि सचेतना प्रदान गरिने जनाइएको छ ।

महोसत्वमा सर्प विज्ञको पनि उपस्थिति हुने छ । मानव र सर्पबीचको द्धन्द्धका कारण सर्प लोभ हुने अवस्थामा पुगेकाले यसको संरक्षणका निम्ति महोत्सव आयोजना गर्न लागेको आयोजकको भनाइ छ ।

सर्पको पहिचान, संरक्षण तथा महत्त्व दर्शाउन गर्न लागिएको उक्त महोत्सवमा निःशुल्क प्रवेश गर्न दिइने संस्थाले जनाएको छ ।