Advertisement Banner
Advertisement Banner

२५ बुधबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

टी-२० आई सिरिजको दोस्रो खेलमा नेपाल बिजयी

०४ आइतबार , कार्तिक २०८१एक बर्ष अगाडि

टी-२० आई सिरिजको दोस्रो खेलमा नेपाल बिजयी

टी-२० आई सिरिजको दोस्रो खेलमा पनि अमेरिकालाई हराउँदै नेपालले जित हासिल गरेको छ । सुपर ओभरमा पुगेको आजको खेलमा अमेरिकालाई हराउदै जित हासिल गरेको हो ।

सिरिजअन्तर्गत दोस्रो खेल बराबरीमा टुंगिएपछि सुपरओभरमा पुगेको थियो । सुपर ओभरमा अमेरिकालाई हराउदै नेपालले रोमाञ्चक जित निकालेर आजको खेलमा जित आफ्नो पोल्टामा पार्न सफल भएको हो ।

आजको दोश्रो खेलमा नेपालले टस जितेर ब्याट रोजेको र अमेरिकालाई १७१ रनको लक्ष्य दिएको थियो । नेपालको उक्त रन पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेटको क्षतिमा १७० रन बनाएपछि खेल बराबरी भएकाले सुपर ओभरमा पुगेको थियो ।

आज बिहान अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी स्टेडियममा भएको सिरिजको दोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले टी-२० सिरिजको उपाधि जितेको हो ।