Advertisement Banner
Advertisement Banner

२० शनिबार, असार २०८३20th June 2026, 4:50:23 am

सडक आसपासका संरचना भत्काउन निर्देशन

०४ आइतबार , कार्तिक २०८१२ बर्ष अगाडि

सडक आसपासका संरचना भत्काउन निर्देशन

जिल्ला प्रशासन कार्यालय, नुवाकोटले पिपलटार–देउडी सडकखण्डमा पर्ने घर तथा टहरा भत्काउन निर्देशन दिएको छ । उक्त सडकखण्ड स्तरोन्नति गर्नुपर्ने भएका आसपासका घर, गोठ तथा टहरा आगामी ३५ दिनभित्र हटाउन भनिएको हो ।

सिडियो कार्यालयले उक्त सडकखण्डमा संरचना बनाएका सम्बन्धित धनीको नाम, ठेगानासहित जग्गाको कित्ता नम्बर सार्वजनिक गर्दै त्यस्ता संरचना भत्काई तोकिएको क्षतिपूर्ति रकम लिन आउन सूचित गराएको छ ।

सूचनामा उल्लेख छ, ‘यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आआफ्ना घर, गोठ, टहराहरु भत्काई तोकिएको क्षतिपूर्ति रकम बुझिलिन योजना कार्यालयको साइट कार्यालय, नुवाकोटमा सम्पर्क गर्न सूचित गरिन्छ ।’

रकम बुझ्न आउँदा हकदैया वा भोगचलनसम्बन्धी निस्सा प्रमाणसहित नागरिकता प्रमाणपत्रको प्रतिलिपि, जग्गाधनी पुर्जाको प्रतिलिपि, बैंक खाता नम्बर प्रष्ट बुझिने चेकको प्रतिलिपिसहित सम्बन्धित वडा कार्यालयको घर भत्काइसकेको सिफारिस समेत संलग्न राखी निवेदन दिनुपर्ने जनाइएको छ ।