Advertisement Banner
Advertisement Banner

११ बुधबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

पाथीभरामा एकै दिन ६ हजार दर्शनार्थी

०४ आइतबार , कार्तिक २०८११० महिना अगाडि

पाथीभरामा एकै दिन ६ हजार दर्शनार्थी

पूर्वको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा एकै दिन झन्डै ६ हजार दर्शनार्थी पुगेका छन् । पाथीभरामा कतिक ३ गते शनिबारको दिन ५ हजार ९ सय ८३ जना दर्शनार्थी पाथीभरा मन्दिरमा पुगेका हुन् ।

दशैको बेला सुनसान जस्तै भएको पाथीभरा मन्दिरमा दसैँको टीका पछि चहलपहल बढ्न सुरु भएको हो । चहलपहल बढेसंगै एकै दिनमा झन्डै ६ हजार दर्शनार्थी मन्दिरमा पुगेको पाथीभरा क्षेत्र विकास समितिले जानकारी दिएको छ । उक्त संख्या असोजभरको तुलनामा सबैभन्दा बढी हो ।  

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा असोज महिनामा पाँच हजार नौ सय ४९ जना भक्तजनले पाथीभरा दर्शन गर्न आएका थिए । दसैँअघि बाढी र पहिरोले देशका विभिन्न क्षेत्रका सडक अवरुद्ध हुँदा पाथीभरामा भक्तजनको आगमन घटेको थियो ।

पाथीभरामा विशेषगरी बडादसैँ र चैतेदसैँका समयमा सबैभन्दा धेरै भक्तजनको भीड लाग्ने गर्दछ । समितिले मुख्य ‘सिजन’ मानिने समयमा दर्शनार्थीको सहजताका लागि आवश्यक तयारी गर्दै आएको छ ।