
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशन गरेको छ । बोर्डले गएको भदौ २५ र २६ गते लिएको पूरक परीक्षाको नतिजा प्रकाशन गरेको हो ।
आज प्रकाशग भएको नतिजा अनुसार ८६ हजार २ सय ४६ विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेको बताईएको छ । नतिजा अनुसार ७०.६० प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका हुन् । एक लाख २२ हजार १ सय ७१ जना विद्यार्थीले ग्रेड वृद्धिका लागि परीक्षा दिएकोमा २ जना विद्यार्थीको परीक्षा रद्द गरिनुका साथै २ जनाको परीक्षाफल स्थगित गरिएको बोर्डले जनाएको छ ।
बोर्डका अनुसार परीक्षामा कम्तीमा डी ग्रेड प्राप्त गरेका परीक्षार्थीले नतिजा प्रकाशन भएको मितिले ७ दिनपछि ट्रान्सक्रिप्ट, माइग्रेसन, प्रोभिजनल र पूरक प्रमाणपत्रका लागि रसिद काट्न सक्ने जनाएको छ । त्यस्तै परीक्षाको नतिजा चित्त नबुझे प्रति विषय ५०० रुपैयाँ दस्तुर तिरेर पुनर्योग गर्न चाहने परीक्षार्थीले १५ दिनभित्र आवेदन दिनुपर्ने जनाइएको छ ।