Advertisement Banner
Advertisement Banner

२० शनिबार, असार २०८३20th June 2026, 4:50:23 am

पोखरामा निषेधाज्ञा जारी

०४ आइतबार , कार्तिक २०८१२ बर्ष अगाडि

पोखरामा निषेधाज्ञा जारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एंव पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउको विषयलाई लिएर पोखरामा दुई पक्षीय प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले आज अपरान्ह पौने १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पोखरा महानगरपालिकामा निषेधाज्ञा जारी गरेका हुन् । निषेधाज्ञा जारी गरिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ ।

आदेशको उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जोसुकैउपर प्रचलित कानूनबमोजिम कारबाही हुने सीडियो कार्यालयले जनाएको छ । सीडियो कार्यालयले शहिदचोक आसपास पूर्वतर्फ वाई चोक, पश्चिमतर्फ फिस्टेल गेट, उत्तरतर्फ मालपोत कार्यालय, दक्षिणतर्फ मुस्ताङ्ग चोक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

यस्तै, गैह्रापाटन आसपास पालिखेचोकदेखि नविन माविसम्मको सडक क्षेत्रमा पनि निषेधाज्ञा जारी गरिएको छ ।