Advertisement Banner
Advertisement Banner

२० शनिबार, असार २०८३20th June 2026, 4:50:23 am

टी-२० आई सिरजको अमेरिकाविरुद्धको तिनै खेल नेपालले जित्यो

०५ सोमबार , कार्तिक २०८१२ बर्ष अगाडि

टी-२० आई सिरजको अमेरिकाविरुद्धको तिनै खेल नेपालले जित्यो

अमेरिकाको डालसमा सम्पन्न टी-२० आई सिरजको अमेरिकाविरुद्धको तिनै खेल जितेर टी-२० आई सिरज ‘क्लिन स्वीप’ गरेको छ । आज भएको अन्तिम खेलमा पनि जित निकाल्दै नेपालले सिरिज ‘क्लिन स्वीप’ गरेको हो ।  

आजको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५६ रन बनाएर नेपाललाई १५७ रनको लक्ष्य दिएको थियो । अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले १८ दशमलव ४ आभेरमा २ विकेट गुमाएर पुरा गर्दै जित हासिल गरेको हो ।

आजको अन्तिम खेलमा नेपालका आसिफ शेख ५० र अनिल शाह १३ रनमा आउट हुँदा कुशल मल्ल ४४ र कुशल भुर्तेल ४० रनमा अविजित रहेका थिए भने अमेरिकाका जुवानाय ड्राइसडेल र जसदीप सिंहले एकरएक विकेट लिएका थिए ।

अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले ६८, मिलिन्ड कुमारले ४३, आरोन जोन्सले १३ रन जोड्न सफल भएका थिए । अरु ब्याटरले दोहोरो अंक जोड्न नसकेको आजको खेलमा नेपालका सोमपाल कामीले ३, रिजन ढकाल र ललित राजवंशीले १/१ विकेट लिएका थिए ।

यसअघि भएका दुवै खेल नेपालले जितेको थियो । यसअघि पहिलो खेलमा अमेरिकालाई १७ रनले हराएको नेपालले दोस्रो खेलमा सुपरओभरमा हराउदै दुवै खेल जितेको थियो भने आजको तेश्रो तथा अन्तिम खेलमा पनि अमेरिकालाई हराउदै सिरिज ‘क्लिन स्वीप’ गर्न सफल बहेको हो ।