Advertisement Banner
Advertisement Banner

२५ बुधबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

जाजरकोटमा चार वटा भैंसी पाल्नेलाई अनुदान

०५ सोमबार , कार्तिक २०८१एक बर्ष अगाडि

जाजरकोटमा चार वटा भैंसी पाल्नेलाई अनुदान

जाजरकोटको बारेकोट गाउँपालिकाले चार वटा भैंसी पाल्ने कृषकलाई पशुघर निर्माण गर्न अनुदान दिने भएको छ । पालिकाको चालु आर्थिक वर्षका लागि स्वीकृत ‘अलग मानवघर अलग पशुघर’ कार्यक्रमअन्तर्गत चार वटा ठुलो भैंसी पाल्ने किसानलाई पशुघर निर्माण गर्न अनुदान दिने भएको हो ।

गाउँपालिकाले अनुदानका लागि इच्छुक कृषकलाई निवेदन पेश गर्न आह्वान गरेको छ । गाउँपालिका मातहतका सम्पूर्ण वडाका चार वटा भैंसी पालेका कृषकले पशुघर निर्माण गर्न अनुदान प्राप्तिका लागि निवेदन दिन सक्ने जनाइएको छ ।

पालिकाको सूचनामा भनिएको छ, ‘अलग मानवघर अलग पशुघर निर्माण कार्यक्रमअन्तर्गत बारेकोट गाउँपालिका वडा नम्बर १ देखि ९ सम्मका सम्पूर्ण कृषकहरुले चार वटा (ठुलो) भैंसी पालेका भएमा सूचना प्रकाशित भएको मितिले पन्ध्र दिनभित्र पालिकाको पशु सेवा शाखामा तोकिएको कागजातसहित निवेदन पेश गर्नु हुन अनुरोध छ ।’