Advertisement Banner
Advertisement Banner

११ बुधबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

हेटौंडा–कुलेखानी–सिस्नेरी–काठमाडौं सडकमा दुईतर्फी यातायात सञ्चालन

०५ सोमबार , कार्तिक २०८११० महिना अगाडि

हेटौंडा–कुलेखानी–सिस्नेरी–काठमाडौं सडकमा दुईतर्फी यातायात सञ्चालन

संघिय राजधानी काठमाडौँलाई जोड्ने हेटौंडा–काठमाडौँ सडक अन्तर्गतको हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाडौँ सडकमा दुईतर्फी यातायात सञ्चालन भएको छ । मकवानपुरको इन्द्रस्वरोवर गाउँपालिका–२ सिमखोलास्थित सडकमा ह्युमपाइप राखेर मर्मतसम्भार गरेपछि उक्त सडक दुईतर्फी सञ्चालनमा आएको हो ।

गत महिना असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढी-पहिराले सडक क्षतिग्रस्त बनाएको थियो । उक्त सडक तत्कालका लागि मर्मतसम्भार गरेर असोज २० गतेदेखि सञ्चालनमा आएपनि सडकमा ह्युमपाइप राख्नुपर्ने भएपछी कात्तिक २ गतेदेखि एकतर्फी बाटो बन्द गरिएको थियो ।

सडकमा अहिले ह्युमपाइप राखेर मर्मतसम्भार भएपछि दुईतर्फी यातायात सञ्चालनमा आएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन् ।