Advertisement Banner
Advertisement Banner

११ बुधबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

अरिङ्गालको टोकाइबाट मृत्यु

०५ सोमबार , कार्तिक २०८११० महिना अगाडि

अरिङ्गालको टोकाइबाट मृत्यु

अरिङ्गालको टोकाइबाट एकजनाको मृत्यु भएको छ । बडीमालिका नगरपालिकामा अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक जनाको उपचारका क्रम गएराति मृत्यु भएको हो ।  

अरिङ्गालले टोकेर गम्भीर घाइते भएका बडीमालिका नगरपालिका–५ मनाका ६० वर्षीय डम्मबहादुर साउँदको मृत्यु भएको हो । असोज २५ गते अरिङ्गालले टोकेर घाइते भएका उनको भारतको मुम्बइ सेन्टरस्थित नायर अस्पतालमा उपचारका क्रममा दश दिनपछि मृत्यु भएको हो ।

असोज २५ गते घरबाट करिब आधा घण्टाको दूरिमा पर्ने पान्लोटे भन्ने ठाउँमा रहेको भैँसी गोठ नजिकै अरिङ्गालले बनाएको घार भत्काउन खोज्दा टोकेर उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल बाजुरा हुँदै प्रादेशिक अस्पतालमा सम्भव नभएपछि भारत लगिएको थियो ।

सोही घटनामा स्थानीय ६५ वर्षीय अङ्गे बडुवालको घटनास्थलमै मृत्यु भएको मृतकका आफन्त नरेन्द्र थापाले जानकारी दिएका छन् ।