Advertisement Banner
Advertisement Banner

११ बुधबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

दुई इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज

०५ सोमबार , कार्तिक २०८११० महिना अगाडि

दुई इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज

दुई वटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र (लाइसेन्स) खारेज गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले ती इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज गरेको हो ।

प्राधिकरणका अनुसार पर्साको वीरगञ्ज महानगरपालिका–१६, नगवास्थित सी डाटा कम्युनिकेसन प्रालि र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६, स्थित लाइफ नेट प्रालिको लाइसेन्स रद्द गरिएको छ ।

२०७६ माघ १९ गते इन्टरनेट (इमेलसहित) सेवाको अनुमतिपत्र प्राप्त गरेको सी डाटाले अनुमतिपत्रको सर्तबमोजिम सेवा सञ्चालन नगरेकोले दूरसञ्चार ऐन, २०५३ को दफा २८ (१) बमोजिम खारेज गरिएको प्राधिकरणको भनाइ छ ।

यस्तै, ०७६ भदौ २९ गते लाइसेन्स प्राप्त गरेको लाइफ नेटले भने अनुमतिपत्र नवीकरणका लागि तोकिएको समयावधिभित्र निवेदन पेश नगरेकाले कानूनबमोजिम स्वतः रद्द भएको प्राधिकरणद्धारा जारी सूचनामा उल्लेख छ ।

लाइफ नेटले प्राधिकरणलाई नियमानुसार तिर्न तथा बुझाउनपर्ने रकमका सम्बन्धमा आगामी तीस दिनभित्र सम्पर्कमा आउन समेत भनिएको छ । अन्यथा, कानूनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने प्राधिकरणको चेतावनी छ ।