
मुलुकभर पश्चिमी र स्थानीय वायुको प्रभावका कारण बिभिन्न स्थानमा हल्का वर्षादेखि उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । वायुको प्रभावका कारण मधेश, बाग्मती र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको समेत सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिभिन्न स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाका साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात हुने बताईएको छ ।
आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । त्यस्तै कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको पनि महाशाले उल्लेख गरेको छ ।
बुधबार र बिहीबार पनि देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।