Advertisement Banner
Advertisement Banner

११ बुधबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

कपिलवस्तुबाट स्रोत नखुलेको २० लाख भारु सहित दुई जना पक्राउ

०६ मंगलबार , कार्तिक २०८११० महिना अगाडि

कपिलवस्तुबाट स्रोत नखुलेको २० लाख भारु सहित दुई जना पक्राउ

प्रहरी चेकिङ टोलीले कपिलवस्तुको कृष्ण नगरबाट स्रोत नखुलेको २० लाख भारु सहित दुई जना पक्राउ गरेको छ । प्रहरीले भारत देश महाराष्ट्र प्रदेश राईगट जिल्ला मुंबाई सिटिका ३३ वर्षीय सलमान कुरेसिया र सोही स्थानका ३९ वर्षीय उमेश सखाराम खंडागले पक्राउ गरेको हो ।

उनीहरुलाई कपिलवस्तुको कृष्ण नगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिएका छन् । प्रहरी चेकिङ टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको यु पी ४५ ए एस ६६६३ र यु पी ४२ डी टी ५७२१ गडीलाई चेकजाँच गर्दा २० लाख ५० हजार भारतीय रकम बरामद गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेको रकम सहित दुवै जनालाई थप अनुसन्धान र कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको जनाइएको छ ।