Advertisement Banner
Advertisement Banner

११ बुधबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

उपराष्ट्रपति यादव अस्पताल भर्ना

०७ बुधबार , कार्तिक २०८११० महिना अगाडि

उपराष्ट्रपति यादव अस्पताल भर्ना

उपराष्ट्रपति रामसहायप्रसाद यादव हिँजो त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । उपराष्ट्रपति यादवको आज हर्नियाको अपरेसन गर्नका लागि अस्पतालमा भर्ना भएका हुन् ।

उपराष्ट्रपति यादव लामो समयदेखि हर्नियासम्बन्धी समस्याबाट पीडित भएको र त्यसको शल्यक्रियाका निम्ति मङ्गलबार साँझ अस्पताल भर्ना भएको उनको  निजी चिकित्सक डा.शिवजीविक्रम सिलवालले जानकारी दिएका छन् ।

उपराष्ट्रपतिका निजी चिकित्सक डा.सिलवालका अनुसार आज शल्यक्रिया गरिने बताईएको छ । उनको शल्यक्रिया प्राध्यापक डा.रमेशसिंह भण्डारी र सहप्राध्यापक डा.सुमिता प्रधानले गर्ने छन् ।