Advertisement Banner
Advertisement Banner

११ बुधबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

ठूला होटेल तथा रिसोर्टहरूमा प्लास्टिकजन्य बोतल प्रतिबन्ध

०७ बुधबार , कार्तिक २०८११० महिना अगाडि

ठूला होटेल तथा रिसोर्टहरूमा प्लास्टिकजन्य बोतल प्रतिबन्ध

चार तारे, पाँच तारे र पाँच तारे डिलक्स होटेल तथा डिलक्स र लक्जरी रिसोर्टहरूमा प्लास्टिकजन्य बोतल प्रयोगमा प्रतिबन्ध लगाएको छ । नेपाल पर्यटन विभागले प्लास्टिकजन्य बोतलको पानी तथा पेय पदार्थको प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

प्लास्टिक बोतलको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा नकारात्मक प्रभाव पारिरहेको जानकारीका आधारमा विभागले यहि कात्तिक ५ गते गरेको निर्णयानुसार होटेल तथा रिसोर्टहरूलाई प्लास्टिकजन्य बोतलको सट्टा काँचका बोतल वा धातुका भाँडाहरूको व्यवस्था गर्न निर्देशन दिएको हो ।

विभागको परिपत्रमा उक्त निर्णय गरिएको र उक्त निर्णयले विशेष गरी चार तारे वा सोभन्दा माथिल्लो श्रेणीका होटेलहरूमा यो नियम लागू गरिने बताइएको छ । पर्यटन विभागका शाखा अधिकृत हरि शरण न्यौपानेले हस्ताक्षर गरेको परिपत्र अनुसार, होटेलका कोठा तथा रेष्टुरेन्टहरूमा पिउने पानीको लागि प्लास्टिकजन्य बोतलको प्रयोग रोक्न काँचका बोतल र अन्य धातुका भाँडाहरूको प्रयोगलाई प्रोत्साहित गरिएको छ ।

विभागले वातावरणीय सन्तुलन कायम राख्न र मानव स्वास्थ्यलाई प्राथमिकता दिने लक्ष्यका साथ उक्त निर्णय लिएको बताएको छ । विभागको नियम लागू भएसँगै होटेल र रिसोर्टहरूमा प्लास्टिकजन्य बोतलको प्रयोग बन्द गर्न र वैकल्पिक विकल्प अपनाउनका लागि पहल गरिएको छ ।