Advertisement Banner
Advertisement Banner

२० शनिबार, असार २०८३20th June 2026, 4:50:23 am

प्लास्टिक तथा प्लास्टिकका फूलगुच्छा र माला निषेध

०८ बिहिबार , कार्तिक २०८१२ बर्ष अगाडि

प्लास्टिक तथा प्लास्टिकका फूलगुच्छा र माला निषेध

काठमाडौं महानगरपालिकाले प्लास्टिक तथा प्लास्टिकका फूलगुच्छा र माला निषेध गरेको छ । महानगरको चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रमले यस्ता वस्तुको प्रयोगमा प्रतिबन्ध लगाएकोले प्रयोग नगर्न भनिएको हो ।

महानगरले आज सार्वजनिक सूचना निकालेर प्लास्टिकको झोलाको विकल्पमा कागज वा कपडाको झोला प्रयोग तथा उत्पादन गर्न सम्पूर्ण उत्पादक, वितरक, बिक्रेता तथा सर्वसाधारणलाई अनुरोध गरेको छ ।

‘काठमाडौं महानगरपालिकाको आव २०८१÷०८२ को वार्षिक नीति तथा कार्यक्रममा एकल प्रयोगको प्लास्टिक, प्लास्टिकको फूल गुच्छा, माला बिक्री, वितरण, भण्डारण ओसारपसार र प्रयोग तथा ४० माइक्रोनभन्दा पातला झोलाको प्रयोग पूर्ण रुपमा निषेध गरिएको छ,’ सूचनामा भनिएको छ, ‘प्लास्टिकको झोलाको विकल्पमा कागज वा कपडाको झोला प्रयोग गर्नुपर्ने व्यवस्था गर्न सबै प्रकारका उत्पादक, वितरक, बिक्रेता तथा सर्वसाधारणलाई जानकारी गराइन्छ ।’

साथै, अनुगमनको क्रममा उक्त निषेध गरिएका कार्य भए गरेको पाइएमा महानगरको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ ।