Advertisement Banner
Advertisement Banner

२० शनिबार, असार २०८३20th June 2026, 4:50:23 am

कात्तिक ११ देखि नारायणहिटीबाट राष्ट्रिय परिचयपत्रको विवरण संकलन हुने

०८ बिहिबार , कार्तिक २०८१२ बर्ष अगाडि

कात्तिक ११ देखि नारायणहिटीबाट राष्ट्रिय परिचयपत्रको विवरण संकलन हुने

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सिंहदरवारबाट प्रदान गर्दै आएको सेवा कात्तिक ११ गतेदेखि नारायणहिटी दरबार संग्रहालय परिसरबाट प्रदान गर्ने भएको छ । कात्तिक ११ गतेदेखि नारायणहिटी दरबार संग्रहालय परिसरबाट परिचयपत्रको विवरण संकलन र अन्य जानकारी सम्बन्धी सेवाहरू प्रदान गर्ने भएको हो ।  

यसअघि सिंहदरवारको पञ्जीकरण विभागले प्रदान गर्दै आएको सेवाहरू कात्तिक ११ गतेदेखि नारायणहिटी दरबार संग्रहालय परिसर (केशरमहल अगाडि) मा रहेको इकाईबाट प्रदान गरिने बताईएको छ ।

सर्वसाधारणलाई सहज र सुविधाजनक सेवा उपलब्ध गराउने मुख्य उद्देश्यले उक्त स्थानबाट सेवा प्रदान गर्न लागिएको विभागको भनाई रहेको छ । विभागका अनुसार नयाँ स्थानमा सेवा केन्द्रित गरिँदा सेवाग्राहीलाई थप सजिलो हुनुका साथै विभागको भीड व्यवस्थापनमा समेत सहयोग पुग्ने छ ।

सेवाको गुणस्तर सुधार गर्दै आम नागरिकलाई परिचयपत्र सम्बन्धी सेवा लिन सहजता प्रदान गर्ने उदेश्यका साथ कात्तिक ११ गतेदेखि नारायणहिटी दरबार संग्रहालय परिसरबाट सेवा दिने विभागका महानिर्देशक युवराज कटेलले जनाएका छन् ।