Advertisement Banner
Advertisement Banner

२० शनिबार, असार २०८३20th June 2026, 4:50:23 am

डेङ्गु नियन्त्रणका लागि सरसफाइ अभियान

०९ शुक्रबार , कार्तिक २०८१२ बर्ष अगाडि

डेङ्गु नियन्त्रणका लागि सरसफाइ अभियान

सरकारले डेङ्गुको नियन्त्रणका लागि सरकारी कार्यालय परिसरमा सरसफाइ अभियान सञ्चालन गरेको छ । डेङ्गुको महामारी फैलिन नदिन आज देशभरका सरकारी कार्यालय परिसरमा सरसफाइ अभियान सञ्चालन गरेको हो ।

हिँजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले आज शुक्रबार बिहान १० बजे देशभरका सम्पूर्ण सरकारी कार्यालय परिसरमा सरसफाइ गर्ने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदबाट उक्त निर्णय भएको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका थिए ।

डेङ्गु फैलिन नदिन पानी जम्ने ठाउँ, मोटर ग्यारेज, कवाडी स्टोरलगायत जोखिम भएका स्थानमा सरसफाइ अभियान शुरु गर्ने स्वास्थ्य मन्त्रालयको प्रस्तावअनुसार नै डेङ्गु नियन्त्रण अभियान सञ्चालन गर्ने निर्णय भएको पनि मन्त्री गुरुङले जानकारी दिएका थिए । मन्त्रिपरिषद्को निर्णयअनुसार बिहान १० बजे आआफ्ना कार्यालय परिसरमा सरसफाइ गरी डेङ्गु नियन्त्रण अभियान सञ्चालन गर्न मातहतका कार्यालयलाई निर्देशन समेत दिएको थियो ।

यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले देशका केही जिल्लामा डेङ्गुको प्रकोप बढिरहेकाले यसलाई तत्कालै रोकथाम गर्न सरकारले देशव्यापीरूपमा ‘लामखुट्टे खोजी र नष्ट’ अभियान थाल्न लागेको समेत जानकारी दिएका छन् ।