
नेपाली कला, संस्कृति र भेषभूषालाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न क्रिएटिभ मिडिया एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले दुबईमा ‘साहित्यिक, सांस्कृतिक तथा साङ्गीतिक साँझ’ सम्पन्न गरेको छ । दुबईको बर भन्ने स्थानको क्लब एसकेसेभेनमा उक्त साङ्गीतिक साँझ सम्पन्न गरिएको हो ।
सोही दिन छैठों अन्तर्राष्ट्रिय सामाजिक अर्वाड पनि प्रदान गरिएको जनाइएको छ । यो वर्ष नायिका एंव मोडल नम्रता सापकोटा, वरिष्ठ पत्रकार मनरिषी धिताल, हास्य कलाकार पुजन घिमिरे र मरिचमान श्रेष्ठ (बल्छी धु्रवे), गायक राजनराज सिवाकोटीले अवार्ड प्राप्त गरेका छन् ।
त्यस्तै, एनआरएनए अभियन्ता रमेश श्रेष्ठ, विकास शाही, ठाकुरप्रसाद ढुंगाना, डा.धर्मेन्द्रकुमार साह र प्राध्यापक केशवलाल श्रेष्ठले पनि अवार्ड पाए । नेपालको बाढीपहिरो पीडितको सहयोगार्थ कोष जुटाउन, नेपाली कला, साहित्य र संस्कृतिकलाई अन्तर्राष्ट्रिय मञ्जमा उजागर गर्नु कार्यक्रमको मूल उद्देश्य रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा मनोरञ्जनात्मक गतिविधिले विशेष स्थान पाएको थियो । नेपाली चर्चित हास्य कलाकार बल्छी ध्रुवे र पुजन कार्कीसहित हल्का रमाइलो टिमको प्रस्तृति सबैका लागि आकर्षण बन्यो । यस्तै, नेपाली फिल्म क्षेत्रकी नायिका नम्रता श्रेष्ठको प्रस्तृति पनि दर्शकले निकै रुचाए ।
गायक एवम् सर्जक राजनराज सिवाकोटीले ‘कुटुमा कुटु’, ‘फूल बुट्टे सारी’ र ‘सुर्खे थैली’ जस्ता आफ्नो चर्चित गीतहरू प्रस्तुत गर्दै दर्शकहरूलाई नचाए । स्थानीय कलाकारहरू इन्द्र सिन्चुरी, सनम रसाइली, प्रमिला रिजाल, कृष्ण सुनार, सुरज परियार, र सोनम तामाङको प्रस्तुति पनि उल्लेखनीय रह्यो ।