Advertisement Banner
Advertisement Banner

१० मंगलबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

रसुवागढीकाे केरूङ नाका सञ्चलनकाे तयारी

११ आइतबार , कार्तिक २०८११० महिना अगाडि

रसुवागढीकाे केरूङ नाका सञ्चलनकाे तयारी

असाेज १० गतेदेखि १२ गतेसम्म परेकाे अविरल वर्षाका कारण अवरूद्ध भएकाे रसुवागढी केरूङ अन्तर्राष्ट्रिय राजमार्ग सञ्चलनकाे तयारी गरिएकाे छ । उक्त राजमर्ग चिनियाँ पक्षले साेमबारदेखि सञ्चलानमा ल्याउने तयारी गरेकाे हाे ।

अविरल वर्षाका कारण रसुवागढी केरूङ अन्तर्राष्ट्रिय राजमार्ग अविरल वर्षाले क्षति पुर्‍याउदा चिनियाँ भूभागको सडक बन्द भएकाे र हाल पुनःनिर्माणकाे कार्य सम्पन्नकाे अन्तिम चरणमा पुगकाले सोमबारबाट यातायात सञ्चालनमा ल्याउने तयारी रहेकाे बताइएकाे छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार उक्त अवरूद्ध नाकामा यातायात सञ्चालनमा ल्याउने तयारी रहेकाे सिमाक्षेत्रका समकक्षीले टेलिफोनमार्फत जानकारी दिएको बताइएकाे छ । रसुवागढी–केरूङ खण्डअन्तर्गत ठोङ्सा नजिक चिनियाँ पाखामा पहिरो जाँदा सडक अवरूद्व भएको थियो ।

त्यसैगरि राजमार्ग सञ्चालनमा ल्याई नेपाल चीनबीचको व्यापार, व्यवसाय अभिवृद्वि गराउने कार्यमा ल्हासास्थित नेपाली वाणिज्य माहादूत नवराज ढकालले सहजीकरणमा सहयोग गरेको पनि प्रमुख जिल्ला अधिकारी पौडेलले बताएका छन् । पाङसिङस्थित चिनियाँ ठूलो ढुवानी कम्पनी मुसा टासपोर्टका अनुसार सडक अवरूद्ध हुँदा चिनियाँ मालसामा ढुवानी गर्ने सवारीसाधन टिमुरे क्षेत्रमै राेकिएकाे छ ।