Advertisement Banner
Advertisement Banner

२५ बुधबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

डेंगु संक्रमण बढ्दाे, पाल्पामा झण्डै चारसय संक्रमित

११ आइतबार , कार्तिक २०८१एक बर्ष अगाडि

डेंगु संक्रमण बढ्दाे, पाल्पामा झण्डै चारसय संक्रमित

मुलुकभर डेंगु संक्रमण व्यपक रूपमा बढिरहेकाे बेला पाल्पामा मात्रै झण्डै ४ सयजनमा संक्रमण पुष्टि भएकाे छ । ९ महिनाकाे अवधिमा उक्त संख्यामा डेंगु संक्रमण पुष्टि भएकाे स्वास्थ्य कार्यालय पाल्पाकाले जनाएकाे छ ।

उक्त अवधिमा पाल्पामा  ३ सय ९९ जनामा डेंगु संक्रमण पुष्टि भएको हाे । संक्रमितमध्ये २ सय ४१ जना जिल्ला भित्रका र अन्य संक्रमित उपचारका लागि बाहिरी जिल्लाबाट आएकाे बताइएकाे छ । जिल्लाका विभिन्न स्थानीय तहहरु र तानसेनस्थित युनाइटेड मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि आउने बाहिरी जिल्लाका नागरिकमासमेत संक्रमण देखिएको स्वास्थ्य कार्यालयले बताएकाे छ ।

परीक्षणको दायरा वृद्धि गरिनुका साथै धेरै वर्षा हुँदा लामखुट्टेको वृद्धिविकास भएकाले संक्रमण फैलिएको हो । पछिल्ला वर्षहरुमा डेंगुको संक्रमण बढ्दो क्रममा रहेको र गत वर्ष जिल्लामा कुल ६ सय ५५ जनामा संक्रमण पुष्टि भएको थियो । डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्न, लामखुट्टेको वृद्धि रोक्ने उपाए अपनाउन र सचेत हुन चिकित्सकले सुझाव दिएका छन् ।

संक्रमण नियन्त्रणमा लागि ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरेपनि जिल्लामा संक्रमण बढिरहेकाे छ । डेंगु एडिस (एजिप्टाइ) जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ भने डेंगुको संक्रमण भएमा असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसापेशी दुख्ने, शरीरमा बिबिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोस हुनेजस्ता लक्षणहरू देखापर्छ ।