
आज काठमाडौँकाे दशरथ रंगशालामा हुने साफ महिला च्याम्पियनसिपको सेमिफाइनल खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ । साँझ साढे ६ बजेदेखि शुरु हुने उक्त खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्न लागेकाे हाे ।
समुह बी मा नेपाल समुह विजेता हुदै सेमिफाइनलमा पुगेको थियाे । नेपालले ३ खेलमा ७ अंक हासिल गरेको छ । आफ्नो पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको नेपालले दोस्रो खेलमा माल्दिभ्सलाई ११-० र तेस्रो खेलमा श्रीलंकालाई ६-० ले पराजित गरेको थियो ।
आज पहिलो सेमिफाइनल खेल बंगलादेश र भुटानबीच अपराह्न साढे १ बजे दशरथ रंगशालामा हुनेछ भने दोस्रो सेमिफाइनल खेल नेपाल र भारतबीच साँझ साढे ६ बजेदेखि शुरु हुने बताइएकाे छ । समुह ए बाट बंगलादेश र भारत सेमिफाइनलमा पुगेका छन् भने समुह बी बाट नेपाल र भुटान सेमिफाइनलमा पुगेका छन् ।
बंगलादेश समुह ए मा २ खेलमा ४ अंक बटुलेर समुह विजेता बन्दै सेमिफाइनलमा पुगेकाे हो । बंगलादेशले पाकिस्तानसँग १-१ को बराबरी खेलेको थियो भने भारतलाई ३-१ गोल अन्तरले पराजित गर्दै समुह विजेता बनेको थियो । त्यसैगरि भारतले पाकिस्तानविरुद्ध ५-२ को जित निकालेको थियो । समुह ए बाट पाकिस्तान तेस्रो हुदै समुह चरणबाट बाहिरिएको थियो ।
त्यसैगरि भुटान ३ खेलमा ७ अंक हासिल गर्दै गोल अन्तरको आधारमा नेपालभन्दा पछि परेर उपविजेता हुदै सेमिफाइनलमा पुगेको छ । उसले पहिलो खेलमा नेपालसँग गोल रहित बराबरी खेलेकोमा दोस्रो खेलमा श्रीलंकालाई ४-१ ले र तेस्रो खेलमा माल्दिभ्सलाई १३-० ले पराजित गरेको थियो ।
नेपालले ३ खेल खेल्दा १७ गोल गर्न सफल भएकाे छ भने अहिलेसम्म कुनै गोल खाएको छैन ।