Advertisement Banner
Advertisement Banner

१० मंगलबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

वीरगञ्जमा रात्रिबजार सुरू

१२ सोमबार , कार्तिक २०८११० महिना अगाडि

वीरगञ्जमा रात्रिबजार सुरू

आजदेखि वीरगञ्जको पुरानो बसपार्क आर्दशनगरमा दिपावलीका अवसरमा रात्रिबजार लाग्ने भएको छ । वीरगञ्ज महानगरपालिका र ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा आजदेखि बिहीबारसम्म बजार लाग्ने भएकाे हाे ।

रात्रिबजारमा घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तु तथा सामानलाई प्रोत्साहन गर्ने खालका ३० भन्दा धेरै स्टल राखिने बताइएकाे छ । उक्त रात्रिबजारमा घरेलु तथा साना उद्यम गर्दै आएका उद्यमीलाई प्रोत्साहन गर्नका लागिएकाे र रात्रिबजारमा परम्परागत खानाका परिकार, साना तथा घरेलु उद्यमीले उत्पादन गरेका वस्तु तथा सामानसमेत प्रदर्शनीमा राखिने प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिएका छन् ।

चार दिनसम्म चल्ने रात्रिबजारमा खानाका विशेष परिकार, लत्ताकपडा, कस्मेटिक, भाडाँकुडालगायतका सरसामानका स्टल पनि राखिने छ भने कात्तिक १५ गते लक्ष्मीपूजाको दिन विशेष सांस्कृतिक कार्यक्रम समेत हुनेछ ।