Advertisement Banner
Advertisement Banner

२६ बुधबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

तिहार भाइटीकाको साइत ११ : ३७ बजे

१३ मंगलबार , कार्तिक २०८१एक महिना अगाडि

तिहार भाइटीकाको साइत ११ : ३७ बजे

नेपालीहरुको दोश्रो ठूलो चाड तिहारको मुख्य दिन भाइटिकाको साइत कातिक १८ गते विहान ११ बजेर ३७ मिनेटमा रहेको छ । उक्त समयमा भाइटीकाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

कातिक १८ गते आईतबार बिहान ११ बजेर ३७ मिनेटमा यस वर्षको भाइटीको साइत उत्तम रहेको पनि समितिले जनाएको छ । कातिक १४ गतेबाट सुरु हुने दोश्रो ठूलो चाड तिहारको पहिलो दिन १४ गते काग तिहार, १५ गते कुकर तिहार परेको छ ।

त्यसैगरी यसवर्ष कुकुर तिहारको दिन साँझ लक्ष्मीपूजा हुने पनि समितिले जनाएको छ । त्यस्तै पाञ्चाङ्ग निर्णायक समितिका अनुसार १६ गते औंशी र १७ गते शनिबार गाई गोरु तिहार परेकाले सोहि दिन गाई गोरुको पूजा गर्नु पर्ने बताईएको छ ।