काठमाडौं महानगरपालिकाले नेपालीहरुको दोश्रो ठुलो चाड तिहारको अवसरमा फूलको विक्री वितरणलाई व्यवस्थित गर्न महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा व्यवस्था गरेको छ । महानगरले यस वर्षको दिपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा फूलको विक्री वितरण गर्न ४६ स्थानको व्यवस्था गरेको हो ।
गएको वर्ष पनि महानगरले प्रदर्शनी मार्गको भृकुटीमण्डप, तीनकुने चउर, हाँडीगाउँ र बालाजु विष्णुमती कोरिडोरमा फूल विक्री गर्ने व्यवस्था मिलाइएको थियो । व्यापारीलाई त्यस ठाउँमा पुग्न महानगरले प्रहरी बलको सवारी साधनको समेत व्यवस्था मिलाएको थियो ।
गत वर्षको सिकाइ र अभ्यासबाट यस वर्ष फूल विक्रेता किसानहरूलाई सहज बनाउन मल, मार्ट, पार्क, पार्टी प्यालेस, सेन्टरहरूमा व्यवस्था मिलाइएको बताईएको छ । त्यस्तै महानगरले प्लाष्टिकजन्य फूल तथा सजावटका सामग्री विक्री वितरणमा रोक लगाउँदै स्वदेशमा उत्पादन भएका फूलको व्यापारलाई प्रवर्धन गरिएको जनाएको छ । महानगरका मेयर बालेन्द्र (बालेन) शाहले सामाजिक सञ्जालमार्फत् नेपाली उत्पादनलाइ प्रोत्साहित गर्दै प्लाष्टिकका फूल बिक्रीमा प्रतिबन्ध लगाएको बताएका छन् ।
यस वर्ष फूल विक्रीका लागि यी ४६ स्थानहरु तोकिएको छ :
१. आरती पार्टी प्यालेस, माछा पोखरी २. बुद्ध मल, माछा पोखरी ३. बालाजु भाटभटेनी, माछा पोखरी ४. भ्याली कोल्ड स्टोर, बालाजु
५. सामुदायिक भवन, बालाजु ६. धर्म चक्र पार्क, स्वयम्भू ७. स्वयम्भू मार्ट ८. भाटभटेनी, कलंकी ९. कलंकी ट्र्रेड सेन्टर, कलंकी १०. एस. एन. एस., कलंकी ११. एन. बि. टि. सि., कलंकी १२. नेपा व्याङ्क्वेट, खुशिँवु १३. बिग मार्ट, कालधारा, पकनाजोल १४. साल्ट ट्र्रेडिङ कर्पोरेसन, कालीमाटी १५. काठमाडौँ मल, सुन्धारा १६. सिभिल मल, सुन्धारा १७. सिटिसि मल, सुन्धारा १८. रञ्जना मल, नयाँ सडक १९. विग मार्ट कम्प्लेक्स, अनामनगर २०. एटि कम्प्लेक्स, न्यू प्लाजा तोकिएको छ ।
त्यसैगरी २१. भाटभटेनी, अनामनगर २२.आइटी प्लाजा, कमलादी २३. संकटा चोक, टेवहाल २४. के. एल. टावर, चाबहिल २५. वि एन्ड एसएम, बौद्ध २६. भर्गो जापान, शंखमुल २७. आइप्लेक्स, बानेश्वर २८. एनबि सेन्टर, नयाँ बानेश्वर २९. फोनिक्स टावर, बत्तीसपुतली ३०. चाबहिल फुटबल चौर, चाबहिल गणेश स्थान ३१. बिगमार्ट, शंखमुल ३२. बिबिएसएम, कोटेश्वर ३३. सिफल चौर, सिफल ३४. केटिएम पार्टी प्यालेस ३५. निराकल कम्प्लेक्स, शंखमुल ३६. एसि कम्प्लेक्स, चाबहिल ३७. भाटभटेनी, कोटेश्वर ३८. भाटभटेनी, नक्साल ३९. विग मार्ग, बालुवाटार ४०. सेल्स बेरी, महाराजगञ्ज ४१. भाटभटेनी, महाराजगञ्ज ४२. कोइराला मार्ट, सामाखुशी ४३. विग मार्ट, सामाखुशी ४४. सिटी सेन्टर, कमलपोखरी ४५. ल्होत्से मल, बालाजु ४६. सासा ब्याङकेट सोह्र खुट्टे लगायतका स्थान रहेका छन् ।