
नेपाल राष्ट्र बैंकले दिपावलीको अवसर पारेर आज सुनको असर्फी बिक्री खुला गरेको छ । राष्ट्र बैंकले असर्फी बिक्री खुला गरेसगै असर्फी लिन बिहानैदेखि टक्सार महाशाखामा भिड लागेको छ ।
आज टक्सार महाशाखाका अनुसार २.५ ग्राम तौलको सुनको सिक्का असर्फी बिक्री गरिरहेको बताईएको छ । राष्ट्र बैंकका अनुसार एक व्यक्तिले एउटामात्रै सुनको असर्फी पाउने छ भने असर्फी आज दिउँसो ४ बजेसम्म लिन पाइनेछ ।
यसअघि राष्ट्र बैंकले चाँदीको सिक्का भने आइतबारदेखि नै बिक्री खुला गरेको थियो । टक्सार महाशाखाले १० र २५ ग्रामको लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अंकित चाँदीको सिक्री बिक्री गरिरहेको छ ।