Advertisement Banner
Advertisement Banner

२३ सोमबार, असार २०८२16th June 2025, 6:20:04 am

महिला च्याम्पियनसिपको तीन ठाउबाट लाईभ देखाउदै महानगर

१४ बुधबार , कार्तिक २०८१८ महिना अगाडि

महिला च्याम्पियनसिपको तीन ठाउबाट लाईभ देखाउदै महानगर

काठमाडौं महानगरपालिकाले आज साँझ नेपाल र बंगलादेशबीच हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेलको लाइभ गर्ने भएको छ । महानगरले टुँडिखेल, सानौ गौचरण र सिफल चौरको तीन स्थानबाट खेल लाइभ गर्ने भएको हो ।  

आज साँझ ६ :३० बजे नेपाल र बंगलादेशबीच साफ महिला च्याम्पियनसिपको फाइनल खेल हुँदैछ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को सचिवालयका अनुसार अहिले उक्त तीन स्थानमा खेल लाइभ गर्ने तयारी भइरहेको बताईएको छ । मेयर शाहको प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार, लाइभ गर्नका लागि आवश्यक तयारीको कामहरू भइरहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा संचालन भईरहेको साफ महिला च्याम्पियनसिपको सातौँ संस्करणको उपाधिका लागि आज घरेलु टोली नेपाल र साविक विजेता बंगलादेश भिड्दैछन् ।