Advertisement Banner
Advertisement Banner

२९ शुक्रबार, जेठ २०८३1st June 2026, 10:58:34 pm

साफ उपविजेता टिमलाई महानगरको २५ लाख

१५ बिहिबार , कार्तिक २०८१२ बर्ष अगाडि

साफ उपविजेता टिमलाई महानगरको २५ लाख

काठमाडौं महानगरपालिकाले साफ महिला च्याम्पियनसिपको उपविजेता बनेको नेपाली राष्ट्रिय महिला टिमलाई २५ लाख रुपैयाँसहित सम्मान गरेको छ । महानगरपालिकाले बुधबार दशरथ रंगशालामा भएको फाइनल खेलमा उपविजेता बनेको नेपाली राष्ट्रिय महिला टिमलाई नगद सहित सम्मान गरेको हो ।

भारतलाई ४-२ को गोल अन्तरले हराएर फाईनल पुगेको नेपाल बंगलादेशसंग २-१ ले पराजित भएको थियो । नेपाली महिला टिमले हारेको यो १२औँ फाइनल भएको र टिमले साफमा मात्रै छैटौँ पटक फाइनलमा पराजित भएको हो ।

यता काठमाडौं महानगरपालिकाका मेयर बालेन सहाले ‘पराजित भएर पनि देशलाई जोड्ने खेलाडीहरूलाई हार्दिक बधाई । नेताले टुक्राएको देशलाई सधैँ यसरी नै जोड्ने काम गरिराख्नुहोला’ भन्दै सामाजिक सञ्जालमा स्टाटस समेत लेखेका छन् ।

हिँजो साँझा ६ :३० बजेदेखि दशरथ रंगशालामा सुरु भएको फाइनल खेलमा नेपाललाई २–१ ले हराउँदै बंगलादेशले उपाधि जितेको थियो ।