नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन घरको सुरक्षा गर्ने कुकुरलाई पूजा गरेर मीठा-मीठा खानेकुरा दिएर आज कुकुर तिहार पर्व मनाइँदै छ । हरेक वर्ष यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन कुकुर तिहार मनाउने परम्परा रहेको छ ।
धर्मशास्त्र अनुसार कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास रहेको र सोहि आधारमा कुकुर तिहार मनाउने गरिएको हो ।
त्यस्तै कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा समेत लिने गरिन्छ । कुकुर तिहारलाई नरक चतुर्दशी समेत भन्ने गरिन्छ ।