Advertisement Banner
Advertisement Banner

२५ बुधबार, असार २०८२16th June 2025, 6:20:04 am

गुरुङ र ढकाल एआईजीमा बढुवा सिफारिस

१५ बिहिबार , कार्तिक २०८१८ महिना अगाडि

गुरुङ र ढकाल एआईजीमा बढुवा सिफारिस

गृह मन्त्रालयअन्तर्गत बढुवा सिफारिस समितिले नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ २ जनालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिस गरेको छ । समितिले प्रहरी नायब महानिरीक्षक (डीआईजी) द्वय बुद्धिराज गुरुङ र केदार ढकाललाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो ।

प्रहरी नायब महानिरीक्षक (डीआईजी) गुरुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगालमा कार्यरत हुन् भने ढकाल नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय नक्सालमा कार्यरत छन् ।

सिफारिस समितिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा गुरुङ र ढकाल द्वयलाई बढुवाका लागि सिफारिस गरेको हो ।