नेपालीहरुको दोश्रो ठूलो पर्व तिहारमा पनि सर्वोच्च अदालत खुला हुने भएको छ । बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्न तिहारको बिदामा पनि सर्वोच्च अदालत खुला हुने भएको हो ।
तिहार पर्वको बिदामा शनिबार र भाइटीकाबाहेक अरू दिन बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।
अदालतको सूचना अनुसार कात्तिक १५ देखि १९ गतेसम्म सर्वोच्च अदालत बन्द रहने हुँदा न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने भाइटीका र शनिबारको दिन बाहेक अरु दिन बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने बताईएको छ ।