नेपालीहरुको दोश्रो ठूलो पर्व तिहार अर्थात दीपावली र छठ पर्वको नाममा अमर्यादित गतिविधि गरे कारवाही गरिने भएको छ । धनुषा प्रशासनले दीपावली र छठ पर्वको नाममा अमर्यादित गतिविधि नगर्न आग्रह गर्दै यदि त्यस्तो कार्य गरेको पाईएमा कारवाही गर्ने चेतावनी दिएको हो ।
जिल्ला प्रशासन कार्यालय धनुषाले सूचना जारी गर्दै चाडपर्वको नाममा अमर्यादित क्रियाकलाप नगर्न चेतावनी दिएको छ । प्रशासनले पटाका पड्काउन र अबेर रातिसम्म देउसी भैलो खेल्न समेत रोक लगाएको छ ।
प्रशासनले पटका पड्काउने, अबेर रातीसम्म देउसी, भैलो खेल्ने, मादक पदार्थ सेवन गरी अश्लील गीतमा नाच्ने धार्मिक सद्भाव खलबलिने जस्ता अनैतिक गतिविधि नगर्न आग्रह गर्दै जिल्लावासीलाई चेतावनी दिएको हो ।