
भक्तपुरका नेवार समुदायले आज म्हः पूजा गरेर भोलि भाइटीका मनाउने भएका छन् । यहाँका नेवार समुदायले आज म्हः पूजा गरेर भोलि कात्तिक १७ गते भाइटीका मनाउने भएका हुन् ।
नगरपालकाले नगरवासीलाई आज साँझ ५.१५ बजेपछि कछलाथ्व प्रतिपदा तिथि पर्ने भएकाले म्हःपूजा गर्न र कात्तिक १७ गते साँझ ७ बजेर १ मिनेटपछि द्वितीया तिथि पर्ने भएकाले भाइटीका अर्थात् किजा पूजा मनाउने निर्णय गरेपछि नगरक्षेत्रका नेवार समुदायले आज म्हःपूजा र भोलि भाइटीका गर्ने तयारी गरेका हुन् ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले कात्तिक १८ गते भाइटीका र किजा पूजा गर्ने निर्णय गरेकाे भएता पनि भक्तपुर नगरपालिकाले कात्तिक १७ गते मनाउने निर्णय गर्दै नगरवासीलाई आह्वान गरेको बताइएकाे छ ।