Advertisement Banner
Advertisement Banner

२० शनिबार, असार २०८३20th June 2026, 4:50:23 am

आज पनि तिहार बिदा, छठ पर्वको तयारी सुरु

१९ सोमबार , कार्तिक २०८१२ बर्ष अगाडि

आज पनि तिहार बिदा, छठ पर्वको तयारी सुरु

नेपालीहरुको दोश्रो ठूलो चाड दिपावली अर्थात तिहार हिँजो भाईटिका लगाएर समापन भएपनि सरकारले आज पनि तिहारको सार्वजनिक बिदा दिएको छ । अघिल्लो वर्ष माघ २९ गते प्रकाशित राजपत्रमा कात्तिक १५ देखि १९ गतेसम्म तिहार बिदा उल्लेख भए अनुसार आज पनि तिहार बिदा दिइएको हो ।

हिँजो आईतबार भाइटीका लगाई तिहार (यमपञ्चक) समापन भए पनि सोमबार सार्वजनिक बिदा दिइएको कारण सरकारी कार्यालय खुलेका छैनन् । सरकारले आज सोमबार पनि तिहारकै बिदा दिएको हो ।

यसवर्ष कातिक १५ गते लक्ष्मीपूजा, १७ गते गोवर्धनपूजा र नेपाल संवत् (म्हपूजा) तथा १८ गते भाइटीका (किजापूजा) को बिदा थियो भने १६ र १९ गतेको बिदाको विरण भने दिइएको छैन । सरकारको सार्वजनिक बिदाका कारण देशभरका कार्यालय मंगलबार मात्रै खुल्ने छ ।

त्यस्तै तिहार बिदा नसकिए लगतै छठ पर्वको तयारी सुरु भएको छ । छठको पर्वको लागि मधेश र राजधानीका पोखरी तथा नदी घाट सिँगारिन थालिएको छ भने वीरगञ्ज, जनकपुर र विराटनगरका धेरै स्थानका छठघाटलाई विशेष रुपले सिंगारिनुका साथै राजधानीका विभिन्न पोखरी र बागमती नदी किनारमा छठघाट बनाइएको छ ।