Advertisement Banner
Advertisement Banner

१० मंगलबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

छठका लागि ५ करोडको केरा आयात

१९ सोमबार , कार्तिक २०८११० महिना अगाडि

छठका लागि ५ करोडको केरा आयात

आउदै गरेको छठ पर्वका लागि मधेस-प्रदेशको राजधानी जनकपुरधाममा ५ करोड बराबरको केरा आयात गरिएको छ । छठ पर्वमा व्रतालुहरुका लागि केरा अनिवार्य भएकाले भारतबाट उक्त मूल्य बराबरको केरा आयात गरिएको हो ।

छठ पर्वमा सिंगै केराको घरी नै भगवानलाई अर्घका रूपमा चढाउने परम्परा रहेको र स्थानीय उत्पादनले मात्र नपुग्ने हुँदा भारतबाट केरा आयात गरिएको जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले जानकारी दिएका छन् । अघिल्लो वर्ष ४ करोडको केरा आयात गरिएकोमा यसवर्ष ५ करोड बराबरका ८५ ट्रक केरा आयात गरिएको हो  ।

जनकपुरधाममा गोपाल र वंशीभोग केरा नेपालको सप्तरीस्थित भारदह, भान्टाबारी तथा इनरुवाबाट भित्र्याइएको छ । मालभोग, मिरिचमान, चिनी चम्पा केरा भारतको आसाम, गोहाटी, बंगाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारणबाट मगाउने गरिएको फलफूल छ ।

त्यसैगरी छठ पर्वसँगै अघिल्लो वर्षको तुलनामा यस वर्ष २० प्रतिशतले केराको मूल्य बढेको बताइएको छ । पर्व मनाउनेको सङ्ख्या वृद्धि भएकाले केराको माग पनि बढेको र अघिल्लो वर्षको तुलनामा यसवर्ष २५-३० ट्रक बढी केरा मगाइएको हो ।

नेपालमा केरा उत्पादनको प्रचुर सम्भावना भए पनि माग अनुसार उत्पादन नहुँदा हरेक वर्ष भारतबाट केरा आयत भईरहेको छ । त्यस्तै नेपाली बजारमा स्वदेशी उत्पादन केरा भन्दा भारतबाट आयातित केराको मूल्य सस्तो पर्ने भएकाले सीमावर्ती क्षेत्रमा भारतबाट केरा आयात हुने गरेको हो ।