Advertisement Banner
Advertisement Banner

१० मंगलबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

वायु प्रदूषण बढ्न सुरु

१९ सोमबार , कार्तिक २०८११० महिना अगाडि

वायु प्रदूषण बढ्न सुरु

हिउँद लागेसँगै वायु प्रदूषण बढ्न सुरु भएको छ । अहिले पोस्ट मनसुन अवधि सुरु भएको र यो अवधिमा देशभर अधिकांश ठाउँमा हल्कादेखि मध्यम वर्षा भएपनि वायुको गुणस्तर खस्कँदै गइरहेकाले वायु प्रदूषण बढ्न सुरु भएको हो ।  

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान मापन गरिएको वायु शुद्धता सूचकांकअनुसार दाङ, भरतपुर र काठमाडौंको वायु अस्वस्थकर देखिएको बताईएको छ । 

बिहान ९ : ४७ मा मापन गरिएअनुसार दाङको वायुको एक्युआई (वायु शुद्धता सूचकांक १४७.५४ रहेको छ भने सूचकांकअनुसार ०–५० स्वस्थ, ५१ देखि १०० अंक मध्यम र १०१ देखि १५० अंकसम्मलाई अस्वस्थकर र संवेदनशील मानिन्छ ।

त्यस्तै बिहान ८ : ३४ बजे मापन गरिएको सूचकांकअनुसार भरतपुरको एक्युआई १४५.८१ र काठमाडौंको रत्नपार्कको १३९.१७ रहेको बताईएको छ । 

त्यसैगरी ललितपुरको खुलमटारको एक्युआई ९३.८४, नेपालगञ्जको ९३.६०, भक्तपुरको. ८३.९९ रहेको विभागले जनाएको छ । यता विभागका अनुसार धनकुटा, मुगुको रारा, हेटौंडा, इलामको वायुको गुणस्तर भने स्वस्थ देखिएको छ ।