Advertisement Banner
Advertisement Banner

१० मंगलबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

यु–१९ महिला टि–२० अन्तर्गतको खेलमा नेपाल कुवेतसँग भिड्दै

२२ बिहिबार , कार्तिक २०८११० महिना अगाडि

यु–१९ महिला टि–२० अन्तर्गतको खेलमा नेपाल कुवेतसँग भिड्दै

आइसिसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपाल कुवेतसँग भिड्दै छ । युएईको द सेभेन क्रिकेट रङ्गशालामा जारी आजको खेलमा नेपालले टस जितेर कुवेतविरुद्व पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।

हिँजोदेखि सुरु भएको प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल थाइल्याण्डसँग खेलेको र उक्त खेलमा थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको थियो ।

त्यसैगरी कुवेत र युएईबीच भएको पहिलो खेलमा युएईले १ सय ६ रनको अन्तरले कुवेतलाई हराएको थियो । प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली विश्वकपमा छनोट हुनेछ ।

अर्को वर्ष मलेसियामा विश्वकप क्रिकेट प्रतियोगिता आयोजना हुँदैछ ।