Advertisement Banner
Advertisement Banner

२० शनिबार, असार २०८३20th June 2026, 4:50:23 am

चार दिनसम्म मनाइने छठपर्व सम्पन्न

२३ शुक्रबार , कार्तिक २०८१२ बर्ष अगाडि

चार दिनसम्म मनाइने छठपर्व सम्पन्न

चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठपर्वको चौथो दिन आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सम्पन्न भएको छ । छठका लागि बनाइएको घाटमा हिजो अस्ताउँदै गरेको र आज बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि छठपर्व विधिवत रुपमा सम्पन्न भएको हो ।

पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यका साथ तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलसहित देशभरिका जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न गरिएको हो ।

त्यस्तै हिँजो साँझ कमलपोखरी र गौरीघाट पुगेर राष्ट्रपति रामचन्द्र पौडेलले अस्ताउँदो सूर्यलाई अर्घ दिदैँ छठी माताको पूर्जा आराधना गरेका थिए ।