Advertisement Banner
Advertisement Banner

२० शनिबार, असार २०८३20th June 2026, 4:50:23 am

खानी तथा क्रसर उद्योगलाई कर भुक्तान गरी नवीकरण गर्न निर्देशन

२३ शुक्रबार , कार्तिक २०८१२ बर्ष अगाडि

खानी तथा क्रसर उद्योगलाई कर भुक्तान गरी नवीकरण गर्न निर्देशन

ललितपुरको गोदावरी नगरपालिकाले खानी तथा क्रसर उद्योगलाई प्राकृतिक स्रोत उपयोग कर तिर्न निर्देशन दिएको छ । नगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित खानी तथा क्रसर उद्योगलाई कर भुक्तानी गरी नवीकरण गर्न निर्देशन दिएको हो ।

खानी तथा खनिज पदार्थ ऐन, २०४२ र नियमावली, २०५६ बमोजिम बुझाउनुपर्ने रोयल्टी, स्थानीय विकास शुल्क नियमानुसार बुझाई आगामी ३५ दिनभित्र अनुमतिपत्र तथा व्यवसाय दर्ता प्रमाणपत्र नवीकरण गर्न भनिएको छ ।

‘खानी तथा खनिज पदार्थ ऐन, २०४२ र नियमावली, २०५६ बमोजिम बुझाउनुपर्ने रोयल्टी, स्थानीय विकास शुल्क आदि शुल्क नियमानुसार बुझाई यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र यस नगरपालिकाको उद्योग तथा सहकारी शाखामा अनुमतिपत्र तथा व्यवसाय दर्ता प्रमाणपत्र नवीकरण गर्न जानकारी गराइन्छ,’ सूचनामा उल्लेख छ ।

तोकिएको समयावधिभित्र कर भुक्तानी गरी नवीकरण नगरेमा प्रचलित कानूनबमोजिम कारबाही प्रक्रिया अघि बढाउने नगरपालिकाको चेतावनी छ । त्यस्तै, नवीकरण गर्न आउँदा उद्योग, फर्म, कम्पनीसँग सम्बन्धित सम्पूर्ण कागजात अनिवार्य रुपमा ल्याउनुपर्ने जनाइएको छ ।