Advertisement Banner
Advertisement Banner

०९ सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

सुनको मूल्य घटेर १ लाख ६२ हजारमा आयो

२८ बुधबार , कार्तिक २०८१९ महिना अगाडि

सुनको मूल्य घटेर १ लाख ६२ हजारमा आयो

एकाएक चुलिएको सुनको मूल्यमा गिरावट आएको छ । यसअघि प्रतितोला १ लाख ७० हजार नाघेको सुनको मूल्य घटेर आज १ लाख ६२ हजार २०० रुपैयाँ कायम भएको हो ।

आज स्थानीय बजारमा सुनको मूल्य तोलामा ४०० सय रुपैयाँले घटेर १ लाख ६२ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार प्रतितोला सुन १ लाख ६२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदी मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको पनि महासंघले जनाएको छ । मंगलबार प्रतितोला चाँदी १ हजार ९ सय २५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।