Advertisement Banner
Advertisement Banner

२५ बुधबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्न आग्रह

०५ बुधबार , मंसिर २०८१एक बर्ष अगाडि

पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्न आग्रह

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको लामो समयसम्म विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान नभएकाले नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आग्रह गरिएको छ । गण्डकी प्रदेश सरकारका मन्त्री र त्यहाँका पर्यटन व्यवसायीले नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न आग्रह गरिएको हो ।  

हिँजो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालसहितको टोलीले सो विषयमा प्रधानमन्त्री ओलीलाई आग्रह गरेको बताइएको छ । गण्डकी प्रदेशको पर्यटकीय राजधानी पोखरामा पर्यटन वृद्धिका लागि अन्तर्राष्ट्रिय उडान हुनु आवश्यक रहेको भन्दै मन्त्री बस्यालले उक्त आग्रह गरेका हुन् ।

मन्त्री बस्यालले केन्द्र सरकारबाट पनि देशकै पर्यटकीय राजधानीका रूपमा पोखरालाई घोषित गर्न माग गरेका छन् । प्रधानमन्त्री ओलीले सरकारले सन् २०२५ लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको सन्दर्भमा आफ्नो आसन्न चीन भ्रमणका क्रममा पर्यटक बढाउने विषयमा चीनलाई आग्रह गर्दै पोखरामा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्ने पनि बताएका छन् ।

भेटका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उडड्य मन्त्री बद्री पाण्डे, प्रदेशको मन्त्रालयका सचिव कुमानसिंह गुरुङ, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहाडीलगायतको सहभागीता रहेको थियो ।