Advertisement Banner
Advertisement Banner

०६ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

रुकुममा छोराद्धारा बुवाको हत्या

१० सोमबार , मंसिर २०८१९ महिना अगाडि

रुकुममा छोराद्धारा बुवाको हत्या

रुकुम जिल्लाको आठबिसकोट नगरपालिका-१० मा आफ्नै छोराले बुवाको हत्या गरेका छन् । आठबिसकोट-१० घारीखोलाका १९ वर्षीय वीर बहादुर केसीले ५१ वर्षीय बुवा दर्बे केसीको हत्या गरेका हुन् ।

आइतबार बेलुका वीर बहादुरले बुवाको पेटमा चक्कु प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिएका छन् । प्रहरी निरीक्षक पाठकका अनुसार बुवाको हत्यापछि वीर बहादुर फरार रहेको र उनको खोजीमा प्रहरी परिचालन गरिएको बताइएको छ ।

यसअघि उनीहरुको घरमा बुवाले कान्छी श्रीमती ल्याएको भन्दै पटक पटक विवाद हुने गरेको थियो । बुवालाई चक्कु प्रहार गरेर वीरबहादुर जंगल तिर भागेको बताइएको छ भने हत्याको कारण अनुसन्धान पछि मात्रै खुल्ने प्रहरीले जनाएको छ ।