Advertisement Banner
Advertisement Banner

०६ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

अध्ययन बिदामा विदेश गएका प्राध्यापककाे खाेजी

११ मंगलबार , मंसिर २०८१९ महिना अगाडि

अध्ययन बिदामा विदेश गएका प्राध्यापककाे खाेजी

अध्ययन बिदामा विदेश गएर नफर्किने प्राध्यापककाे खाेजी हुन थालेकाे छ । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदामा विदेश गएर नफर्किने प्राध्यापकहरूकाे खाेजी गर्न थालेको हाे ।

विश्वविद्यालयले प्राध्यापकबाट अध्ययन बिदाको चरम दुरुपयोग भएको चर्चापछि आफ्नो शिक्षकको खोजी गर्न लागेको हो । २०४५ सालदेखि अध्ययन बिदामा गएका त्रिविका शिक्षक नफर्किएकाे र यसको रेकर्ड पनि त्रिविसँग नभएकाले शिक्षकको खोजी गर्न लागेको बताइएकाे छ ।

पछिल्लाे १० वर्षको तथ्यांक हेर्दा ८ सय ९३ जना शिक्षकले अध्ययन बिदा लिएका छन् ।  यसमध्ये कति फर्किए, कतिले अध्ययन पूरा गरे, कतिले नगरी फर्किए र कति फरार छन् भन्ने यकिन नभएकाले पहिलो चरणमा तथ्यांक संकलन गर्न लागिएको त्रिविले जनाएको छ ।