Advertisement Banner
Advertisement Banner

१९ शुक्रबार, असार २०८३20th June 2026, 4:50:23 am

वैदेशिक रोजगारीको प्रलोभनमा पारी लाखौं ठगि गर्ने २ जना पक्राउ

१२ बुधबार , मंसिर २०८१२ बर्ष अगाडि

वैदेशिक रोजगारीको प्रलोभनमा पारी लाखौं ठगि गर्ने २ जना पक्राउ

वैदेशिक रोजगारीमा राम्रो काममा विभिन्न देशमा पठाइदिने भन्दै लाखौं ठगि गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मकनवानपुर बकैया गाउँपालिका–५ घर भई नागार्जुन नगरपालिका–५ सीतापाइला बस्ने ३९ वर्षीय सुवर्णकुमार बल र सर्लाही ब्रम्हपुरी गाउँपालिका–३ घर भई टोखा नगरपालिका- ८  बस्ने २८ वर्षीया मनिषा कुमारीलाई पक्राउ गरेको हो ।

उनीहरुलाई साढे १७ लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले मंगलबार पक्राउ गरेको बताइएको छ । जसम सुवर्णले एकजनालाई क्रोएसिया पठाउने भन्दै १५ लाख तथा मनिषाले एकजनालाई दुबई पठाउने भन्दै दुई लाख ४५ हजार रुपैयाँ रकम लिएको खुलेको छ ।

युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशमा पठाउने भन्दै लामो समयसम्म झुक्याएर विदेश नपठाई सम्पर्कविहीन भएको उजुरीका आधारमा उनीहरू पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिएका छन् ।

आचार्यका अनुसार दुवै जनालाई काठमाडौंको छुट्टाछुट्टै स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको बताइएको छ ।