Advertisement Banner
Advertisement Banner

१९ शुक्रबार, असार २०८३20th June 2026, 4:50:23 am

मधेशमा आउँदो आइतबार सार्वजनिक बिदा

१९ बुधबार , मंसिर २०८१२ बर्ष अगाडि

मधेशमा आउँदो आइतबार सार्वजनिक बिदा

मधेश प्रदेश सरकारले आउँदो आइतबार सार्वजनिक बिदा दिएको छ । प्रसिद्ध गढीमाई मेलाको अवसरमा प्रदेश मन्त्रिपरिषद्को बैठकले मंसिर २३ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेशको धरोहरको रूपमा स्थापित गढीमाई मेलामार्फत घरेलु पर्यटन विकासलाई थप बलियो बनाउने गरी बिदा दिएको जनाइएको छ ।

प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयद्धारा जारी सूचनामा उल्लेख छ, ‘बाराको महागढीमाई नगरपालिकास्थित बरियारपुरमा प्रत्येक पाँच वर्षमा एक महिनासम्म लाग्ने प्रसिद्ध गढीमाई मेलाको अवसरमा मिति २०८१–०८–२३ गतेदेखि गढीमाई देवी मन्दिरमा विशेष पूजा हुने भएकोले मधेश प्रदेश सरकार, मन्त्रिपरिषद्को मिति २०८१–०८–१८ गतेको निर्णयानुसार २०८१ मंसिर २३ गते आइतबारका दिन प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराइन्छ ।’